Aamsanchar

बर्गरमा ´लेबल´ नलगाई बेच्ने डेरीलाई ५० हजार जरीमाना

Author Image
बुधवार, कार्तिक ७, २०८१

ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर–१५ हात्तीवनमा रहेको नेपाल डेरी प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाही गरेको छ ।

नेपाल डेरी प्रालिले बर्गर तथा पिज्जामा ´लेबल`नलगाई बिक्री/वितरण गरेको र सरसफाइमा पनि ध्यान नदिएको पाइएकाले ५० हजार रुपैयाँ कारबाही स्वरूप जरीमाना गरेको विभागले जनाएको छ । विभागले अनुगमन गर्दा कैफियत पाइएकाले कारबाही गरेको जनाएको छ ।

यसैगरी काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ मा रहेको कालु स्टोरमा खाद्य तथा अखाद्य पदार्थसँगै राखिएको, खाद्य पदार्थ नछोपी भण्डारण गर्ने गरेको र सरसफाइ सन्तोषजनक नरहेको अवस्थामा पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो ।

निरीक्षणका क्रममा देखिएका कमी कमजोरी सुधार गर्न स्टोरलाई निर्देशन दिँदै विभागले अटेर गरेमा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर