Aamsanchar

टी–२० आईको ब्याटिङ वरियतामा भुर्तेलकाे ३१ स्थान सुधार

Author Image
बुधवार, कार्तिक ७, २०८१

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले टी–२० आईको ब्याटिङ वरियतामा ३१ स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले जारी गरेको नयाँ वरियतामा कुशल ३१ स्थान सुधारका साथ ९९औं स्थानमा उक्लिएका छन् ।

अस्ति सोमवार अमेरिकासँगको तीन वटा टी–२० आई सिरिज नेपालले क्लिन स्विप गर्दा कुशलले एक अर्धशतक सहित सर्वाधिक एक सय ४२ रन बनाएका थिए । ब्याटिङ वरियतामा कप्तान रोहितकुमार पौडेल चार स्थान सुधार गर्दै ५९ औं र आसिफ शेख दुई स्थान सुधार गर्दै ६९औं स्थानमा छन् ।

टी–२० आईको बलिङ वरियता तर्फ दीपेन्द्रसिंह ऐरी ६२ औं स्थानमा छन् । सोमपाल कामी तीन स्थान सुधार गर्दै ९२औं स्थानमा छन् । अलराउन्डर तर्फ दीपेन्द्रसिंह दोस्रो स्थानमा कायम छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर