Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, कार्तिक ८, २०८१

काठमाण्डौ – केही दिनदेखि लगातार बढेको सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ ।

हिजो नयाँ कीर्तिमान बनाएर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार सात सय रुपैयाँ पुगेको सुनको भाउ आज सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी ४० रुपैयाँले घटेर तोलाको दुई हजार ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय सय ३५ रुपैयाँ रहेको थियो ।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२