Aamsanchar

प्लास्टिकका फूल र मालामा काठमाडौं महानगरद्वारा प्रतिबन्ध

Author Image
बिहिवार, कार्तिक ८, २०८१

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ । नजिकिँदै गरेको तिहारलाई लक्ष्य गरी महानगरले प्लास्टिकका फूलगुच्छा र माला बिक्रीरवितरण र ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

महानगरले आज सूचना निकालेर प्लास्टिकको फूलगुच्छा र माला बिक्रीरवितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातलो झोलाको बिक्रीरवितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको छ ।

अनुगमनका क्रममा यस्ता सामग्रीको बिक्रीरवितरण वा प्रयोग भएको पाएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर