Aamsanchar

दिवंगत बालक नुवाहाङ थुप्पो थेबेको परिवारलाई झापाली समाज कतारको सहयोग

Author Image
बिहिवार, कार्तिक ८, २०८१

झापा । आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या झेलिरहेका एक बालकको मृत्यु भएको छ । झापाको मेचीनगर–१२ का १२ बर्षिय बालक नुवाहाङ थुप्पो थेबेको उपचारको क्रममा मृत्यु भएको हो ।

झापाली समाज कतारले उनको उपचारका लागि आर्थिक सहयोग जुटाउने क्रममै वालको मृत्यु भए पछि मृतकको परिवारलाई संकलित नगद ३६ हजार रुपैयाँसहित आज समवेदना प्रदान गरेको छ । डेंगु रोगका कारण गत ३० गते बालक नुवाहाङको निधन भएको थियो ।

झापाली समाज कतारले बालकको निवासमै पुगेर रकमसहित समवेदना हस्तान्तरण गरेको कार्यसमिति सदस्य बिमल भारतीले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि झापाली समाज कतारले रकम संकलनमा साथ दिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर