Aamsanchar

नेपालमा दाना चक्रवातकाे कस्तो असर पर्ला ?

Author Image
शुक्रवार, कार्तिक ९, २०८१

काठमाडौं – बंगालको खाडीमा विकसित चक्रवातको प्रत्यक्ष असर नेपालमा नपर्ने मौसमविदले बताएका छन् । तर त्यसको आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने उनीहरुको प्रक्षेपण छ ।

‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ । यसको असरले ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता अपनाइएको छ ।

प्रभावित क्षेत्रबाट हजारौं मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार टोलीलाई उच्च सतर्कताका साथ राखिएको छ । हवाई र रेल सेवा स्थगित गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ ।

‘दाना चक्रवातले उछुट्याएको बादलले गर्दा कोशी प्रदेशमा चाहिँ सामान्य प्रभाव देखिन्छ । तर अन्त खासै छैन ।

मधेश र बागमती प्रदेशमा हल्का बादल लागे पनि कोशी प्रदेशमा जस्तो वर्षा हुँदैन,’ उनले भने । यसैगरी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका सहप्राध्यापक डा। विनोद पोखरेलले पनि दाना चक्रवातको सिधा असर नेपालमा नपर्ने बताए । तर पूर्वी तराईमा शुक्रबारदेखि बादल लाग्ने र हावा चल्ने सम्भावना रहेको उनले बताए । साथै मध्यपहाडी क्षेत्रमा वर्षाको पनि सम्भावना रहेको उनले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको छ । तर यो वर्षा स्थानीय वायुको प्रभावले भएको मौसमविद गोविन्द झाले बताए ।

मौसमविद झाका अनुसार आगामी २४ घण्टामा पनि कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर