Aamsanchar

लालझाडीमा घरमै मृत भेटिए दम्पती, ह*त्या भएको आंशका

Author Image
शुक्रवार, कार्तिक ९, २०८१

काठमाडौं – कञ्चनपुरको लालझाडी गाउँपालिका–१ स्थित विनाबारीस्थित घरमै मृत भेटिएका दम्पतीको हत्या भएको आंशका गरिएको छ । विनाबारीकै ४५ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३ वर्षीया कमला बडायक शुक्रबार बिहानै मृत भेटिएका थिए ।

उनीहरूको टाउकोमा चोट देखिएका कारण हत्याको आशंका गरिएको कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए । कञ्चनपुर प्रहरीले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिमप्राप्त कुकुर घटनास्थलमा लगेर अनुसन्धान थालेको छ ।

मृतकको अवस्था हेर्दा हत्या भएको जस्तो देखिन्छ । उनीहरूको टाउकोमा चोट देखिएको छ । घरमा दम्पतीमात्रै बस्ने भएकाले अहिले केही खुलेको छैन । हामी घटनास्थलमै छौँ,’ डीएसपी जोशीले भने ।

उनका छोराहरू भने अर्को घरमा बस्ने गरेको खुलेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर