![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/10/22da4cd3-f451-416a-8bcf-a32ad9156395.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
फरेस्ट एक्सन नेपालका डा. लिलानाथ शर्माको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि भद्रपुर नगरपालिका मेयर गणेश पोखरेल रहेका थिए। कार्यक्रममा भद्रपुर नगर का वडा नं-२ वडा अध्यक्ष राम कडेल, वन वातावरण शाखा भद्रपुरका प्रमुख नेत्र प्रसाद पोखरेल, वडा नं-२ वडा सदस्य टिका भण्डारी लगायत वन अभियानकर्मी ,शिक्षक, विद्यार्थी एवम् सरोकारवाला को प्रतिनिधिमूलक उपस्थिति रहेको थियो।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
कार्यक्रममा वन वातावरण , वातावरणीय खाद्य शृङ्खला , मौसम ,जलवायु परिवर्तन लगायत विषयमा फरेस्ट एक्सन नेपालका प्रशिक्षक डा. लिलानाथ शर्माले विद्यार्थीहरू सग अन्तरक्रिया गर्नु भएको थियो। वातावरणीय फोटोग्राफर तथा चरा संरक्षणकर्मी देवेन खरेलले जलथल जङ्गलमा पाइने चरा र यस क्षेत्रमा सम्भावना रहेको चरा पर्यटनको बारेमा विद्यार्थीलाई जानकारी प्रदान गरेका थिए। उहाँले वातावरणमा चराको भुमिका महत्त्वपूर्ण रहेको र चरा संरक्षणमा एक जुट हुन विद्यार्थीलाई अपिल समेत गरेका छन्।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
विद्यार्थीलाई वातावरणमैत्री बनाउन समूहगत छलफल गराई विभिन्न गतिविधि संचालन गरेर इको क्लबलाई निरन्तर चलायमान बनाउन कार्यक्रम आयोजना गरिएको डा।शर्माले जानकारी दिए ।
फरेस्ट एक्सन नेपालले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण सँगै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन र प्रयोगात्मक गतिविधि संचालन गरी समापन गरिएको थियो। कार्यक्रमको संचालन एवम् सहजीकरण फरेस्ट एक्सन नेपाल सहजकर्ता मुना भट्टराईले गर्नु भएको थियो।