Aamsanchar

झापामा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर ३६ बर्षिय युवकको मृ*त्युु

Author Image
शनिवार, कार्तिक १०, २०८१

झापा – भद्रपुरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–५ देवीवस्ती निवासी ३६ वर्षीय शम्भु सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

सहनी शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाइते उनलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो।

त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल लगिएको र उनको गए राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शवको कानुनी प्रक्रिया पूरा गरी पोस्ट मार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। घटना बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर