Aamsanchar

शे–फोक्सुन्डोमा दुर्लभ जङ्गली याक फेला

Author Image
शनिवार, कार्तिक १०, २०८१

काठमाण्डौ – शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक भेटिएको छ । निकुञ्ज क्षेत्रमा गरिएको पछिल्लो अध्ययनका क्रममा भाले जङ्गली याक भेटिएको हो ।

वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जङ्गली याकको ‘फोटो फ्रेम’ अनावरण गरेको छ । स्थानीय नागरिक वैज्ञानिक सोनाम वाङ्दीले जङ्गली याकको तस्वीर शे–फोक्सुन्डो गाउँपालिका–१ सल्दाङस्थित क्षेत्रबाट लिनुभएको हो ।

चार हजार ६ सय २३ मिटरदेखि चार हजार नौ सय ३५ मिटर उचाइमा जङ्गली याक गएको जुलाई २३ देखि २६ तारिखसम्म देखिएको विभागको तथ्याङ्क छ । यो अध्ययन स्थानीय समुदायको पूर्व जानकारीपछि निकुञ्ज विभागको अगुवाइमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोष ९डब्लूडब्लूएफ० नेपालको सहकार्यमा सम्पन्न भएको थियो ।

विगतमा तथ्याङ्क अभाव तथा स्थानीय समुदायका अनुसार जङ्गली याक लोप हुने अवस्थामा रहेको मानिएको थियो । जङ्गली याक प्रायः समुद्री सतहबाट चार हजार आठ सय २५ मिटरको उचाइमा पाइन्छ ।

डब्लूडब्लूएफ नेपालका पर्वतीय कार्यक्रम व्यवस्थापक सेरेन श्रेष्ठका अनुसार जङ्गली याक देखिएको क्षेत्रबाट पश्चिमतिर चीनको सीमा नजिक पनि अर्को जङ्गली याक देखिएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । चीन, भारत र नेपालका हिमाली क्षेत्रमा पाइने जङ्गली याकको नेपालमा खासै तथ्याङ्क छैन ।

नेपालमा पहिलोपटक अनुसन्धानकर्ताहरूले हुम्लामा सन् २०१४ मा जङ्गली याक देखेका र पहिलो आधिकारिक तस्वीर पनि त्यहि बेला सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर