Aamsanchar

काठमाडौँमा माओवादी केन्द्रकाे खबरदारी सभा

Author Image
शनिवार, कार्तिक १०, २०८१

नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा आयोजना गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खबरदारी सभा गरेको हो ।

बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभा काठमाडौँ मलमा जम्मा नेता तथा कार्यकर्ताहरू जम्मा भई त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गरेका छन् ।

जुलुस भद्रकाली, सहिद गेट हुँदै काठमाडौँ मलमा जम्मा भई रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर