Aamsanchar

१ अर्ब बराबरको भाइमसला आयात

Author Image
शनिवार, कार्तिक १०, २०८१

काठमाडौँ – तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको हो ।

जसमध्ये १ करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ताआयता भएको छ भने २६ करोड १ लाख ६८ हजार रुपैयाँको २ लाख ९८ हजार ९४६ किलो काजु आयात भएको छ ।

यसैगरी १८ करोड ५९ लाख ५८ हजार रुपैयाँको २ लाख ३२ हजार ६९३ किलो बदाम, ३ लाख २० हजार ८७८ हजार रुपैयाँको ६० लाख ६३ हजार ५९५ किलो नरिवल २ लाख रुपैयाँको २४० किलो कटुस, १ करोड ३० लाख रुपैयाँको १ लाख २४ हजार १७७ किलो छोकडा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै १० करोड ६१ लाख ६१ हजार रुपैयाँको ३२४६७५ किलो किसमिस र २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ओखर आयात भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर