Aamsanchar

ओमप्रकाश भट्टराईद्वारा ‘व्यवसायिक राहत कोष’मा २१ हजार प्रदान

Author Image
शनिवार, कार्तिक १०, २०८१


झापा- बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक राहत कोष’मा ओमप्रकाश भट्टराईले कोष बृद्धिका लागि सहयेग गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर २१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।  उनी नेपाल प्रेस युनियन झापाका कोषाध्यक्ष हुन् ।

सगुन होम प्याराडाइज इन्टरनेशनलका प्रवन्ध निर्देशक समेत रहेका उनले संघका अध्यक्ष राजु न्यौपानेलाई सहयोग रकम प्रदान गरेका थिए । संघले स्थापना गरेको कोषमा कोष बृद्धिमा सहयोग पुर्याएको भन्दै भट्टराईलाई कदरपत्रद्वारा सम्मान समेत गरिएको थियो ।

संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर