Aamsanchar

कनकाई वडास्तर फुटबल, ९ र ८  बिजयी  

Author Image
शनिवार, कार्तिक १०, २०८१

सुरुङ्गा ।   झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा जारी वडास्तर फुटबल प्रतियोगितामा आज भएको २ खेलमा वडा नम्बर ९ र ८ आआफ्नो खेलमा बिजयी हुँदै दोस्रो चरणमा प्रवेश पाएका छन ।

पहिलो खेलमा वडा नम्बर ९ ले वडा नम्बर १ लाई सड्न डेटमा हराउँदै बिजयी बनेको हो । खेल अवधिभर दुबै टिमबाट कुनै गोल हुन नसकेपछि भएको पेलान्ती प्रहारमा समेत दुबै टिमको बराबरी गोल भएको थियो । दुबै टिमका ४÷४ खेलाडीको बल गोलमा परिणत हुँदा १÷१ खेलाडीको प्रहार गोलकिपरले रोकेका थिए । त्यसपछि  खेलको छिनोफानो सडनडेटबाट भएको थियो । जसमा वडा नम्बर १ का खेलाडीको प्रहार ९ का गोलकिपरले रोकेसगै ९ नम्बर बिजयी भएको हो । उक्त गोल रोक्ने कनकाई ९ का  गोलकिपर कृष्ण नेपाली म्यान अफ दी म्याच हुनुभएको छ । उहाँलाई आयोजक समितिका ख्याम ओली र आशिस सङ्ग्रौलाले नगद १५ सय र ट्रफी प्रदान गर्नुभयो ।

यता आजै भएको दोस्रो खेलमा कनकाई ८ बिजयी भएको छ । कनकाई ८ ले कनकाई ४ लाई १—० गोल अन्तरले हराउँदै ८ नम्बर बिजयी भएको हो । वडा नम्बर ८ का तर्फबाट खेलको ४७ मिनेटमा ओमन लिम्बुले गोल गर्दै आफ्नो टिमलाई बिजयी बनाएका हुन  । आजको दोस्रो खेलको म्यान अफ दी म्याच बिजयी टिम कनकाई ८ का टिम क्याप्टेन अभिसेक राई हुनुभयो । उहाँले नगद १५ सय रुपैँया प्राप्त गर्नुभयो ।

भोलि पनि २ खेल हुने आयोजक समितिका खेल संयोजक दिपेन ओलीले बताउँनुभयो । जसमा पहिलो खेल वडानम्बर ३ र ६ को खेल दिउसो १ बजे र दोस्रो खेल कनकाई ५ र २ बिच हुने छ ।
यहाँस्थित होटल डिलाइट र अमेरिकास्थित पूर्व आर्मी आशिस संग्रौलाको आयोजनामा कनकाई माविको खेल मैदानमा वडास्तर फुटबलको आयोजना भइरहेको छ ।
कार्तिक १४ गतेसम्म चल्ने दसैँतिहार कप नकआउट फुटबल प्रतियोगिता बिजयी हुने टिमले नगद ७१ हजार  नगद र दोस्रो हुने टिमले नगद ३५ हजार रुपैँया प्राप्त गर्ने छ ।
प्रतियोगितामा कनकाई नगरपालिकाका ९ वार्डका ९ टिम र कनकाई भेट्रान्सको एक टिमले भाग लिने छ ।

प्रतियोगिता सञ्चालनका लागि होटल डिलाइट, अमेरिकन पूर्व आर्मी आशिस संग्रौला, बद्री संग्रौला, आकाश संग्रौला, नवीन सुवेदी, ओजिस उप्रेती, क्रिस्टल कडेल, योगेश आचार्य, सन्दिप बास्तोला, रोट्राक क्लव अफ बालकुमारीकी उपाध्यक्ष वेविशा दवाडीको आर्थिक सहयोग रहेको प्रतियोगिता संयोजक दिपेन ओलीले जानकारी दिनुभयो ।  प्रतियोगिता सञ्चालन गर्न करिब साढे ६ लाख रुपैयाँ लागत लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर