कपिलवस्तु । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राको तेह्रौँ दिन शनिबार ६ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नारासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।

शनिबार रुपन्देहीको बुटवल महानगरपालिका-६ बाट २ जना, कपिलवस्तुको बाणगंगा नगरपालिका-१ बाट १ जना र बुद्धभुमी नगरपालिका-२ बाट ३ जना गरि ६ जनाको उद्धार भएको छ । उद्धार गरिएका उहाँहरु ६ जनालाई आज नै मानवसेवा आश्रम तिलोत्तमा सेवाकेन्द्रमा संरक्षणको लागि लगिएको छ ।
उद्धार टोली शनिबार कपिलवस्तु, तौलिहवा, कृष्णनगर, बुद्धभूमि क्षेत्रका विभित्र स्थानका सडकपेटीरसार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार सेवामा खटिएको हो ।



आइतबार मेची-महाकाली उद्धार टोली दाङको भालुवाङ, लमही क्षेत्रका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको छ ।

