Aamsanchar

पाँच लाखसहित नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका भारती नागरिक प*क्राउ

Author Image
सोमवार, कार्तिक १२, २०८१

रौतहट – रौतहट प्रहरीले स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्लाको महादेवपट्टि स्थित अस्थायी प्रहरी पोस्टबाट खटिएको चेकिङ टोलीले पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो।

नेपालबाट भारततर्फ साइकलमा जाँदै गरेका बिहार राज्यको मोतिहारी जिल्ला, ढाका थानाअन्तर्गत फुलवरिया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरीलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको पाँच लाख नगद फेला परेको हो।

प्रहरी टोलीले चौधरीको साइकलमा रहेको नाइलनको झोलामा लुकाई राखिएको नेपाली रुपैयाँ ५०० दरका पाँच लाख फेला पारेको थियो।

रकमसहित पक्राउ परेका चौधरीसँग उक्त नगदको स्रोतसम्बन्धी आवश्यक कागजात माग गर्दा उनले कुनै प्रमाण पेश गर्न नसकेको प्रहरीको भनाइ छ।

चौधरीलाई रकम र साइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर