Aamsanchar

सुनको मूल्य हालसम्मकै महँगो

Author Image
बिहिवार, कार्तिक १५, २०८१

काठमाडौं – सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७१ हजार रुपैयाँ निर्धारण गरिएको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला दुई हजार २०० रुपैयाँले वृद्धि भई एक लाख ७० हजार ७०० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला दुई हजार १२० मा कारोबार भएको चाँदी आजका निम्ति दुई हजार ९० रुपैयाँ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर
ह्वात्तै बढ्याे सुनको भाउ
बुधवार, कार्तिक १४, २०८१
सुनको भाउले बनायाे नयाँ कीर्तिमान
मङ्गलवार, कार्तिक १३, २०८१
सुनको सिक्का लिनेको भिड
मङ्गलवार, कार्तिक १३, २०८१