Aamsanchar

संस्कृति संरक्षणमा सुरुङ्गा हरिकुलले गर्दै आएको कार्यको नगर प्रमुखद्वारा प्रशंसा 

Author Image
बिहिवार, कार्तिक १५, २०८१

कनकाई ।   झापाको कनकाई–३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक  विद्यालय पढाई सँगै लोक संस्कृतिको जगेर्नामा सक्रिय बन्दै गएको पाइएको छ। हरेक चाडपर्व मनाउने शैलीमा आधुनिकता छाएका बेला आफ्नो पुर्खौली कला संस्कृतिको संरक्षण तथा  प्रवर्द्धनमा विद्यालय सक्रिय बन्दै गएको पाएको हो।
यसै क्रममा तिहारलाई लक्षित गर्दै  विद्यालयले तेस्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता–२०८१ कार्यक्रम सम्पन्न गरेको छ । लोक संस्कृतिको प्रबर्द्धन हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ नेपालीहरूको महान पर्व बडादशै , शुभ – दिपावली , छट तथा नेपाल सम्वत् लगायत चाडको  अवसर पारेर  विद्यालयको प्राग्ङ्गणमा कार्यक्रमको आयोजना गरिएको विद्यालयकी प्रबन्ध निर्देशक ग्रिशा रावल थापाले जानकारी दिनुभयो ।

खुला देउसी भैलो कार्यक्रममा विभिन्न कनकाई माविका समूह, हंस बाहिनी समूह, नेपाल लिङ्ग कम्युनिकेसन समुह ,कनकाई कृर्तन मण्डलीसमूह, द लोकल देउसी समूह, भगवती साधन केन्द्र ,कनकाई लोक कला समूह, ग्रामीण विकास सेवा समूह, नमुना टोल, बिर्तामोड नृत्य , मेरिगोल्ड अंग्रेजी विद्यालय , मधुवन कलाकेन्द्र, ग्लोबल अङ्ग्रेजी विध्यालय,फक्तालुङ्ग अङ्ग्रेजी विद्यालय  लगायत १४ टोलीको सहभागि प्रतियोगितामा ग्रामीण विकास सेवा समुह प्रथम , हंसबाहिनी समूह द्वितीय ,ग्लोबल अङ्ग्रेजी विद्यालय तृतीय  तथा मधुवन कलाकेन्द्र सान्त्वना बन्न सफल भएको विद्यालयका सञ्चालक राजु थापाले जानकारी दिनुभयो ।

बिजेताहरूलाई उपस्थित विद्यालयका संस्थापक चन्द्र मैनाली , प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको  ,विशिष्ट अतिथि नगर उप प्रमुख आशा शर्मा शिवाकोटी, प्रबन्ध निर्देशक थापा, सञ्चालक  साजन थापा , राजु थापा ,विद्यालयका प्रिन्सिपल रोशन खत्री लगायतले  प्रतियोगितात्मक कार्यक्रममा प्रथम हुनेलाई नगद २० हजार रुपैयाँका साथमा प्रमाणपत्र त्यस्तै द्वितीय हुनेलाई नगद १५ हजार रुपैयाँका साथमा प्रमाणपत्र त्यस्तै तृतीय हुनेलाई नगद १० हजार रुपैयाँका साथमा प्रमाणपत्र र सान्त्वना हुनेलाई पनि पुरस्कार प्रदान गरिएको विद्यालयका भाइस
प्रिन्सिपल सन्दीप मरासिनीले जानकारी दिनुभयो । हरिकुल नमुना माध्यमिक विद्यालयले बालबालिकालाई नेपालीहरूको महान पर्वहरू बडा दशैँ , शुभ – दिपावली ,छठ तथा नेपाल सम्वत् लगायत थुप्रै चाडपर्वहरूको संरक्षण तथा संस्कृति बचाइराख्ने उद्देश्यका साथ विगतका वर्षहरूमा पनि आयोजना गर्दै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिदैँ  तेस्रो खुला सामूहिक देउसी भैलो प्रतियोगिता आयोजना गरिएको  प्रबन्ध निर्देशक थापाले स्पष्ट पार्नुभयो। कार्यक्रममा कला संस्कृति संरक्षणका बारेमा विभिन्न सचेतना मूलक पुराना देउसी भैलोका भाकाहरू प्रस्तुत गरिएको  विद्यालयका प्रबन्ध निर्देशक थापाले स्पष्ट पार्नुभयो।

देउसी भैलोमा सहभागीहरूले परम्परागत लोक संस्कृति झल्कने पहिरनका साथ सहभागी भएका थिए ।

देउसी भैलो कार्यक्रमको निणायक मण्डलमक पुर्वान्चाल कलाकेन्द्रका प्रमुख कृष्ण योन्जन, नृत्य निर्देशनालय कोशी प्रदेश महासचिव शंकर विश्वकर्मा, सरस्वती माध्यमिक विध्यालय जामुनबारीका शिक्षक सुर्य प्रसाद अधिकारी , कोडिनेटर विजय लिम्बुले  संयुक्त रुपमा भुमिका निर्वाह गर्नुभएको थियोे ।विद्यालयकी प्रबन्ध निर्देशक ग्रिशा रावल थापाको अध्यक्ष रहेको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेकोे थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख पोखरेलले समाजमा सन्देश फैलाउनको लागि, आधुनिकताका नाममा भित्रिएका विकृतिहरू हटाउनको लागि र पुराना कलाको संवर्द्धनको गर्नको लागि विद्यार्थीहरू महत्त्वपूर्ण माध्यम हुने भएकोले सकेसम्म हरेक विद्यालयले वार्षिक रूपमा मौलिक देउसी भैलो प्रतियोगिता राख्न आवश्यक रहेको धारणा राख्नु भएको थियोे ।संस्कृति संरक्षणमा हरिकुलको पुर्याउदै आएको योगदान तारिफ योग्य रहेको छ ।  उहाँले  यही गतिमा हाम्रा कला सस्कृती बिग्रिँदै र बिर्सिँदै जाने हो भने केही दशकमा नै मौलिक प्रचलनहरू लोप हुने खतरा रहेको भन्दै  कला सस्कृती बचाई राख्न आगामी दिनमा स्थानीय तहले स्थानीय पाठ्यक्रममा यस्ता विषयहरूलाई समावेश गरिने र हाम्रा  मौलिक संस्कार र चलनहरू बचाई राख्न स्थानीय तह लागी पर्ने प्रतिवद्वता जनाउनुभयो।

कार्यक्रममा नगर उप प्रमुख आशा शर्मा शिवाकोटी , शिक्षक अभिभावक संघका अध्यक्ष लिला प्रसाद चिमरिया , नेपाल भारत मैत्री संघका प्रतिनिधि श्याम पौडेल , कनकाई खेलकुद प्रतिस्ठानका अध्यक्ष छवि थपलिया  लगायतले आजभोलि गाउँ गाउँका विद्यालयका विद्यार्थीहरूले मादल, मुजुरा, खैँजडी, मुरली जस्ता मौलिक बाजाको प्रयोग गरेर यदाकदा देउसी खेल्ने गरेको देख्न सकिन्छ। तर बजारमा भने ‘डान्स बार’ मा बजाइने खालका ‘रिमिक्स’ गरिएका तथा नेपाल बाहिरका गीत सङ्गीतहरूमा नाच्ने प्रवृत्तिले मौलिक कलालाई किचिसकेको छ। मौलिकताको संरक्षणका लागि विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई पुराना कला र कौसलसँग परिचित हुने मौका दिने हो भने कला संरक्षणमा सहज हुने धारणा राख्नु भएको थियो ।

कार्यक्रमकै अवसरमा कक्षा नर्सरी देखि कक्षा १० सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने एक–एक जना विध्यार्थीलाई पुरस्कारका साथै  प्रमाणपत्र प्रदान गरिएको थियो ।सोही अवसरमा विभिन्न दाताहरूबाट नर्वदा–गदाधर छात्रवृत्ति , टिकाद्वत– हरि प्रिया  छात्रवृत्ति , दिव्य –कृष्ण छात्रवृत्ति, रोनिल–रोजिन छात्रवृत्ति, हेमन्त छात्रवृत्ति, सिक्स डाक्टर  फाउन्डेसन छात्रवृत्ति,   विरबहादुर छात्रवृत्ति, दिलिप बस्नेत छात्रवृत्ति , महेश्वरी फाउन्डेसन छात्रवृत्ति लगायत विभिन्न दाता परिवारबाट  १० वटा बिधामा भन्दा धेरै   स्थापना गरिएको छात्रवृत्ति बाट विभिन्न दलित , जेहेन्दार, विपन्न परिवारका छोराछोरी छनौट गरि प्रतेक छात्रवृत्तिबाट २ देखि ३ जनालाई आधालाई एक सय प्रतिसत र बाकी आधा नानी बाबुलाई पचास प्रतिशतका दाता परिवारको ईच्छा अनुसार नै दाता परिवार ,विद्यालयकी प्रबन्ध निर्देशक ग्रिशा रावल थापा,प्रिन्सिपल रोशन खत्रीले , विद्यालयका संस्थापक चन्द्रप्रसाद मैनाली  लगायतले छात्रवृत्ति को पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयका भाईस प्रिन्सिपल सन्दिप मरासिनीले जानकारी दिनुभयो ।

खुलादेउसी भैलो प्रतियोगितात्मक   कार्यक्रममा  विद्यालयकी प्रबन्ध निर्देशक ग्रिशा रावलले औचित्य माथी प्रकाश पारेको कार्यक्रमको  स्वागत विद्यालयका शिक्षक टामन न्यौपानेले गर्नुभएको थियोे भने औपचारिक कार्यक्रमको संचालन विद्यालयका भाईस प्रिन्सिपल सन्दिप मरासिनी तथा शिक्षक सृजन श्रेष्ठले गर्नुभएको थियोे ।
त्यस्तै खुलादेउसी भैलो प्रतियोगितात्मक कार्यक्रमको संचालन विध्यार्थीहरु रेस्मी बस्नेत, अनुस्का शिवाकोटी , खुशी श्रेष्ठ र प्रिन्जल पौडेलले संयुक्त रुपमा गरेका थिए ।
हरिकुल विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिताहरूमा दर्जनभन्दा धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रिन्सिपल खत्रीको भनाई छ ।
विद्यालयले पढाईका साथसाथै हरेक शुक्रबार ईसिए अन्तर्गत विद्यार्थीको रोजाइ अनुसारको सिकाइ सिकाउने गरेको सञ्चालक साजन थापाले बताए । विशेष गरेर विद्यालयले पढाई सँगसँगै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा राखेको र हरेक चाडपर्व मनाउने परम्परालाई पनि विद्यालयबाट नै सिकाउने गरेको शिक्षक सन्दीप मरासिनीले जानकारी दिए । खुला प्रतियोगिता भएकोले विद्यालय र समुदायका देउसी टोलीले प्रतियोगितामा सामेल हुन सक्ने बताइएको छ ।

लामो समय विदेशको शिक्षण सिकाइ अब आफ्नै ठाउँमा लागू गर्न लागिपरेको भन्दै व्यवस्थापक राजु थापाले बालबालिकाहरू भविष्यका कर्णधार हुन भन्दै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकता राखिएको र त्यही अनुसार विद्यालयले शिक्षण सिकाई गरिरहेको बताउनुभयो ।

विद्यार्थीहरूले यसअघि पनि विभिन्न समयमा वृक्षरोपण, विज्ञान प्रदर्शनी, विभिन्न स्थानको सरसफाई, डस्टबिन वितरण ,विभिन्न कार्यक्रममा विद्यार्थीको सहभागिता विभिन्न दिवस र सन्दर्भमा विद्यार्थीहरूलाई भूगोल, समाज, कला र संस्कृति लगायत कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउने गरेको प्रबन्ध निर्देशक थापाले जानकारी दिए । ०५१ सालमा थोरै बिद्यार्थीबाट अध्यापन शुरु गरेको बिद्यालयमा हाल १ हजार ५० बढी बिद्यार्थी ५० बढी शिक्षक शिक्षिका ३० जना भन्दा धेरै अन्य कर्मचारीहरुका साथमा शिक्षण सिकाई गरिरहेको विद्यालयका प्रिन्सिपल रोशन खत्रीले जानकारी दिनुभयो ।
साथै विद्यालयमा भोलि १६ गते शुक्रबार रास्ट्रिय कलाकार अस्मिता अधिकारी , मनिस काफ्ले लगायत अन्य दर्जन बढी कलाकारहरुबाट चाडपर्व विशेष कार्यक्रम समेत आयोजना गर्ने निश्चित भएको र यसको सम्पुर्ण तयारी पूरा भएको विद्यालयका भाईस प्रिन्सिपल सन्दिप मरासिनीले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)