काठमाडौं – काठमाडौंमा आज पनि पानी पर्ने भएको छ । अपराह्नपछि काठमाडौंमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“काठमाडौंमा आज पनि वर्षा हुनेछ । अपराह्नपछि वर्षा हुने सम्भावना छ,” मौसमविद् गोविन्द झा भन्छन्, “काठमाडौंमा हल्का वर्षा हुनेछ । काठमाडौंका विभिन्न ठाउँमा दुईरतीन घण्टा वर्षा हुनेछ ।”
वाग्मती, गण्डकी, कोसी र तराईका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको उनले बताए । “काठमाडौंमा हल्का वर्षा भए पनि अन्य क्षेमा भने मध्यमसम्म वर्षा हुनेछ,” मौसमविद् झाले भने ।
उनका अनुसार भोलिबाट भने मौसममा सुधार हुनेछ । “भोलिबाट मौसममा सुधार हुनेछ,” उनले प्रष्ट पारे ।
हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ । भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 40