Aamsanchar

मियाँखोरको पोखरीमा कार डुब्दा बेपत्ता दुई जनाको शव फेला

Author Image
मङ्गलवार, कार्तिक २०, २०८१

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरको पोखरीमा कार डुबेको छ । लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा गौशाला नगरपालिका–१० का सुरेश महतो र सोनवा गाउँपालिका–८ का रामाकान्त ठाकुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा रहेका अर्का व्यक्ति महोत्तरीको गौशाला–२ का जनक यादव पौडिएर बाहिर निस्कनु भएको छ ।

घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर