Aamsanchar

दाङमा झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर १६ वर्षीय किशोरकाे ज्यान गयाे

Author Image
बुधवार, कार्तिक २१, २०८१

दाङ – दाङमा झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

तिहारको समयमा राखिएको झिलिमिली बत्ती निकाल्ने क्रममा आज बिहान करेन्ट लागेर उनी अचेत भएका थिए ।

उनलाई उपचारका लागि बिहान ११ बजेतिर तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

झिलिमिली बत्ती निकाल्ने क्रममा किशोरको बाया हात र दाया खुट्टामा करेन्ट लागेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर