Aamsanchar

गाउँ–गाउँमा बस पुग्न थालेसँगै हुम्लावासी हर्षित

Author Image
बिहिवार, कार्तिक २२, २०८१

हुम्ला – हुम्लाको गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् । यसअघि जीपमा यात्रा गर्ने नागरिक अब गाउँ–गाउँमा ठूला बस पनि पुग्न थालेपछि दङ्ग भएका छन् । बस सेवा सुरुआत भएपछि सहज मात्र नभइ भाडासमेत केही सस्तो पर्ने भएको छ । अदानचुली ताँजाकोटलगायतको क्षेत्रबाट यसअघि जीपमार्फत सुर्खेतसम्म यात्रा गर्दा खान बस्नबाहेक भाडा छ देखि आठ हजार रुपैयाँसम्म तिर्दै आएका थिए । तर बसको यात्रामा नेपालगञ्जसम्म तीन हजार रुपैयाँमा पुग्न सक्ने अवस्था छ ।

बस चल्न थाले पनि यातायात समितिको सिन्डिकेटका कारण नियमित सञ्चालन गर्न समस्या पर्ने गरेको गुनासो छ । कर्णाली प्रदेश सभाका सदस्य रणसिंह परियारले यसबारेमा सदनमा कुरासमेत उठाउनुभएको छ ।

केही दिनअघि मात्रै सिमकोट पुग्नुभएका कर्णालीका मुख्यमन्त्री यमलाल कँडेललाई पनि हुम्लाका नागरिक र जनप्रतिनिधिले नागरिकको सहज यात्रालाई ध्यान दिन र व्यवस्थित गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर