Aamsanchar

कुवेतविरुद्ध नेपालको सानदार जित

Author Image
बिहिवार, कार्तिक २२, २०८१

काठमाडौं – आइसीसी यू–१९ महिला विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतविरुद्ध सानदार जित निकालेको छ। संयुक्त अरब इमिरेट्स युएईको सेभेन क्रिकेट रंगशालामा बिहीबार भएको खेलमा नेपाल १ सय ८ रनले विजयी भएको हो। नेपालले दिएको १ सय ९ रनको विजय लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमा समेटियो ।

उसका जिफा जिलानीले १२ रन जोडिन् भने ६ जना खेलाडी शून्यमा आउट भएका थिए। नेपालकी सिमना केसी र रचनाकुमारी चौधरीले २र२ पूजा महतो,कृष्ण गुरुङ, मनिषा कुमारी उपाध्यायले एक(एक विकेट खसाले। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि पूजा महतोले सर्वाधिक ३४ रनको योगदान गरिन्। साना प्रविनले २५ र ज्योत्सनिका मरासिनीले २३ रन जोडिन्।

यसअघि हिजो बुधबार भएको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । नोभेम्बर १४ सम्म चल्ने छनोटमा आयोजक युएईसँगै नेपाल, कुवेत र थाइल्याण्डले डबल राउण्ड रोबिनमा प्रतिस्पर्धा गर्दैछन् ।

यस प्रतियोगिताको शीर्ष टोलीले विश्वकपमा स्थान बनाउनेछ । नेपालले तेस्रो खेलमा पर्सि शनिबार युएईसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर