Aamsanchar

द व्युटी वल्र्डको ४० औ शाखा पथरीमा

Author Image
शुक्रवार, कार्तिक २३, २०८१

मोरङ्गको पथरीशनिश्चरे नगरपालिका १ पथरीमा द व्युटी मेकअप पार्लर एण्ड टेनिङ सेन्टरको शाखा विस्तर चएको छ । झापा बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको द व्युटीको पथरी शाखा ४० औं शाखा हो ।

बुधबार एक कार्यक्रमका बीच प्रमुख अतिथि पथरी शनिश्चरेकी पूर्व उपप्रमुख यमुना विष्ट वास्तोला, वडा नं १ का वडाध्यक्ष भीमकुमार राई र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले संयुक्त रूपमा रिवन काटेर उद्घाटन गरेका छन् ।

प्रमुख अतिथि वास्तोला, वडा नं १ का वडाध्यक्ष भीमकुमार राई र ७ का वडाध्यक्ष उद्ववराज वस्नेत, उर्लाबारी नगरपालिकाका वडा नं २ का वडाध्यक्ष राजन कडेँल, उर्लाबारी उद्योग वाणिाज्य संघका पूर्व अध्यक्ष भरत भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए। ३० लाख भन्दा बढी लगानीमा खोलिएको सो वल्र्ड व्युटी पार्लरमा १२ जनालाई प्रत्यक्ष रोजगारी दिइएको पथरी शाखाकी प्रमुख रेखा वस्नेत भट्टराईले आमसंचारलाई बताइन ।

द वल्र्ड व्युटीले दमक, पथरी ,इटहरी, हेटौंडा,कोहलपुर ,नेपालगञ्ज र काठमाडौँ विभिन्न स्थानमा सेवा प्रदान गदै आएको सञ्चालक वत्सल भट्टराईले जानकारी दिए । पथरी शाखाबाट लक्षित वर्ग १० जनालाई निशुल्क तालिम दिइने र ४० वटा शाखाबाट ४ सय जनालाई टेनिङ दिइने जनाईएको छ ।

व्युटीसियन, मेकअप, नेल, मेहेन्दी आइल्यासिसका कक्षाहरू र सेवाहरू सञ्चालन भईरहेको केन्द्रीय कार्यालय बिर्तामोडका भट्टराईले बताए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर