Aamsanchar

ऊर्जा राज्यमन्त्रीकाे कान्छाराम कन्स्ट्रक्सनसहित १३ वटा कम्पनी कालोसूचीमा

Author Image
शुक्रवार, कार्तिक २३, २०८१

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को कान्छाराम कन्स्ट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा परेका छन्।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना निकाल्दै १३ वटा कम्पनीलाई एक वर्षदेखि साढे दुई वर्षसम्म कालो सूचीमा राखेको हो।

कालोसूचीमा पर्नेमा ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री एवम् नेपाली कांग्रेस रामेछापका सभापतिसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) मुख्य व्यक्ति रहेको कान्छाराम कन्स्ट्रक्सन, रमिला लामा मुख्य व्यक्ति र दिपक थिङ आधिकारिक व्यक्ति रहेको एनबी। कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका हुन्।

उनीहरुले लिएको ठेक्काको काम सन्तोषजनक नभएकाले तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो।

सांसद बनेपछि कान्छारामले आफ्नो नाममा कम्पनी नरहेको दाबी गर्दै आएका छन्। यद्यपि सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सूचनामा उनको नाम उल्लेख छ। कान्छाराम कन्स्ट्रक्सनले धेरै आयोजना लिएर अलपत्र पार्ने गरेका कारण तामाङ पटकपटक विवादमा आइरहेका थिए।

यसैगरी बुद्धिमान गोले मुख्य व्यक्ति भएको बीजी। निर्माण सेवा प्रालि पोखरा, गजेन्द्रप्रसाद पौडेल मुख्य व्यक्ति भएको पूजा कन्स्ट्रक्सन धनकुटा र जयप्रकाश साह हलवाई मुख्य व्यक्ति भएको साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर