Aamsanchar

प्रिमियर लिग फुटबलमा आज चार वटा खेल

Author Image
आइतवार, कार्तिक २५, २०८१


काठमाण्डौ – इङ्गिलश प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी, नटिङघम फरेस्ट र न्यूक्यासल तथा टोटनहम र इपस्विच टाउन नेपाली समय अनुसार राति पौने ८ बजे खेल्दैछन् । त्यस्तै राति सवा १० बजे आर्सनल र चेल्सीबीच खेल हुनेछ । चेल्सी १० खेलमा १८ अङ्कसहित तालिकाको पाचौँ र समान १० खेलमा समान १८ अङ्क नै रहेको आर्सनल छैठौँ स्थानमा छ ।

गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले एस्टनभिल्लालाई हरायो । साविक विजेता म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भयो ।

शीर्ष स्थानको लिभरपुलको ११ खेलमा २८ अङ्क छ । सिटी ११ खेलमा २३ अङ्कसहित दोस्रो स्थानमा, नटिङघम फरेस्ट १० खेलमा १९ अङ्कसहित तेस्रो र ब्राइटन ११ खेलमा १९ अङ्कसहित चौथो स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर