Aamsanchar

मेचे शिवियारी आफात समाजको केन्द्रिय अधिवेशन सम्पन्न

Author Image
आइतवार, कार्तिक २५, २०८१

मेचीनगर । मेचे समुदायको हितको लागी गठन गरिएको मेचे शिवियारी आफात समाजको सम्पन्न अधिवेशनले विरेन मेचेको अध्यक्षतामा केन्द्रिय कमिटी चयन गरेको छ ।

नेपालको लोपोन्मुख जातिको रूपमा रहेका मेचे समुदाय हल्दिवारी, मेचीनगर, कचनकवल, बाह्रदसी, कमल, बिर्तामोड, भद्रपुर नगर पालिकामा मात्रै रहेको पाइन्छ । हाल ५ हजार को हाराहारीमा रहेका यो समुदायको हितको लागी गठन गरिएको आफातले तिन वर्षे कार्यकालको लागि १२ सदस्य केन्द्रिय कमिटी चयन गरेको हो । कुल साधारण सदस्य ७१८ जना भएता पनि ४१६ जनाले केन्द्रिय कमिटी चयन गर्ने निर्वाचनमा मतदान गरेका थिए। अध्यक्ष पदको लागि निर्वाचन प्रणाली रोजिएको भएता पनि अन्य पद सर्वसम्मत रुपमा टुङ्गिएको थियो।

नवनिर्वाचित केन्द्रिय कमिटी देहाय बमोजिम रहेको छ ।अध्यक्ष बिरेन मेचे ,वरिष्ठ उपाध्यक्ष कमल मेचे,उपाध्यक्ष सिता श्रेष्ठ ९मेचे०,महासचिव कालू मेचे,सचिव महेश मेचे,कोषाध्यक्ष अमृतलाल मेचे त्यस्तै सदस्यहरुमा राजकुामर मेचे, सुनिल मेचे,काजि मेचे, शर्मिला मेचे (राई ), अर्जून मेचे, अमृत मेचे निर्वाचित भएको निर्वाचन समिति सदस्य नुमा मेचेले बताउनु भएको छ ।

पुर्व केन्द्रिय अध्यक्ष रन्जित मेचे अध्यक्ष पदमा विपक्षी उम्मेदवार विरेन मेचे सग ८ मतान्तरले पराजय भएका थिए । रन्जित मेचेले २०१ मत प्राप्त गरेका थिए भन्ने विरेन मेचेले २०९ मत लाएर अध्यक्ष भन्न सफल भएका थिए। ६ मत बदर भएको निर्वाचन समितीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर