इलाम । राष्ट्रिय विभुति फाल्गुनन्द लिङ्देनको १४०औं जन्मजयन्तीको अवसरमा इलामको सन्दकपुर–४ माबुमा फाल्गुनन्दको शालिक अनावरण तथा किराँत फाआप मिङ्सो माङ्हिमको उदघाटन् गरिएको छ । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा शेखर कोइरालाले शालिक अनावरण र माङ्हिमको उदघाटन् गरेका छन् ।

किराँत धर्मगुरु आत्मनन्द लिंङ्देन, गुरुआमा साँबा पवित्रहाङ्मा लिङ्देन, पुर्व मन्त्री डिगबहादुर लिम्बू, ईलाम कांग्रेस नेताहरु हिमालय कर्माचार्य, टिएन भट्टराई, डिकेन्द्र ईदिङ्गो, नगेन्द्र कुमाल, खगेन्द्र देवान, टिकाराम लेप्चा, पुर्ण गौतम, प्रदेश सांसदहरु शमशेर राई, गोविन्द गिरी, इलाम नगरपालिकाका मेयर केदार थापा, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलबहादुर गुरुङ, इलाम प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, इलामप्रहरी प्रमुख प्रभु ढकाल, तरुण दल केन्द्रीय सदस्य निर्मल राउत, किराँत धर्म उत्थान समितिका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिम, किराँत ज्योतिष संघका अध्यक्ष डा चन्द्रकुमार शेर्मा लगायतको उपस्थिती रहेको थियो ।



फोटो:सविन भट्टराई/इलाम




