Aamsanchar

विराटनगरमा आफ्नै घरबाट लडेर एक जनाकाे ज्यान गयाे

Author Image
मङ्गलवार, कार्तिक २७, २०८१

विराटनगर – विराटनगरमा आफ्नै घरबाट लडेर एक जना कानुन व्यवसायीको मृत्यु भएको छ । वरिष्ठ अधिवक्ता ६८ वर्षीय जगन फुयाँलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–७ स्थित आफ्नै घरबाट लडेर आइतबार दिउँसो फुयाँल गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मंगलबार बिहानका राति १२स्३५ बजेतिर मृत्यु भएको अधिवक्ता सञ्जयकुमार मेहताले जानकारी दिए । फुयाँलको न्युरो अस्पतालमा उपचार भइरहेको थियो ।

मेहताका अनुसार फुयाँल घरको छतबाट चिप्लिएर खसेका थिए । फुयाँलको घर मोरङ जिल्ला अदालतनजिकै पर्छ । फुयाँल घरको दुई तलामाथिको करिब २० फिट अग्लो रेलिङबाट खसेको अधिवक्ता मेहताले बताए ।

 

‘उहाँ आफ्नै घरको २ तलामाथिबाट खसेर घाइते हुनु भएको थियो । पुरानो घरको छतमा लेउ लागेको रहेको छ । चिकित्सकले धेरै प्रयास गर्दा पनि बचाउन सक्नु भएन,’ उनले भने । फुयाँल मोरङ बारका सदस्य थिए ।

शवलाई तत्कालका लागि न्युरो अस्पतालकै शव गृहमा राखिने भएको छ । छोरा र छोरी अमेरिकामा रहेका कारण उनीहरु आइसकेपछि अन्त्येष्टिका लागि प्रक्रिया अघि बढाउने तयारी रहेको मेहताले बताए । फुयाँलका पत्नी, १ छोरा र १ छोरी थिए । विराटनगरमा उनको ‘फुयाँलको कानुनी सेवा’ नामक ‘ल फर्म’ चलाउँदै आएका थिए ।

प्रहरीका अनुसार शवको पोस्टमार्टम कोशी अस्पतालमा गरिने छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर