Aamsanchar

सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र बुझाए

Author Image
बुधवार, कार्तिक २८, २०८१


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनीतिक नियुक्ति रोक्न र व्यवस्थित सञ्चालनको व्यवस्था मिलाउन माग गरेका छन् ।

योग्यतामा आधारित नियुक्ति, कर्मचारीको व्यवस्थापन र तलब–भत्ता सुधार तथा प्राध्यापक र सहप्राध्यापकको नियुक्ति गर्न माग गरेका छन् । यस्तै, प्रतिष्ठानमा डायलासिस मेसिनको सञ्चालनका लागि दक्ष जनशक्ति व्यवस्थासहित शिक्षक, विद्यार्थी आवास र स्वास्थ्य उपकरणहरू एमआरआई मेसिनलगायत अन्य स्वास्थ्य उपकरण खरिदका लागि बजेटको व्यवस्था गर्न उनको माग छ । त्यस्तै, स्याउ केन्द्रित उत्पादनका लागि कृषि केन्द्रको स्थापना र बजारसम्म पहुँचका लागि सडकको स्तरोन्नतिमार्फत कर्णालीका उत्पादनलाई बजारको पहुँचमा पुर्‍याउन पनि माग गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर