Aamsanchar

अर्जुनचौपारीमा सडक कालाेपत्रेकाे कामले गति लियाे

Author Image
बुधवार, कार्तिक २८, २०८१

स्याङ्जा- देश संघीयतामा गएको पाँच बर्षसम्म कालोपत्रेले नछोएको अर्जुनचौपारी गाउँपालिकामा धमाधम सडक कालोपत्रे हुन थालेको छ । पालिका बनेको छैटौं बर्षमा प्रदेश सरकारले हेलु–अर्जुनचौपारी–पर्वत खण्डमा चार किमी कालेपत्रे गरेकोमा गत आर्थिक बर्षमा तीन किमि १५८ मिटर पालिकाले कालोापत्रे गरेको थियो ।

पालिकाले वडा –३ पुग्ने एक किमी एकसय मिटर सडक एक करोड ४३ लाख ७३ हजार १५८ रुपियाँ ६२ पैसामा कालोपत्रे गरेको हो । यो सडक कैलमाण्डौ–अगेरभगेर निर्माण सेवा जेभीले सडक कालोपत्रे गरेको हो ।

यस्तै, वडा २ जाने सडकको डेढ किमी सडक सितलादेवी निर्माण सेवा पुतलीबजारले गरेको हो । सडक एक रोड १६ लाख ६७ हजार ५२२ रुपियाँ २४ पैसामा कालोपत्रे गरेको हो ।

यस्तै, वडा –६ जाने सडक अर्जुनचौपारी–दरौ खण्डमा ५५८ मिटर पालिकाले ढलान गरेको हो । पञ्चमुल निर्माण सेवा पोखराले ढलानसहित नाला, मेसिनरी वालगरी एक करोड नौ लाख ९६ हजार २८८ रुपियाँ ९४ पैसामा काम गरेको हो ।

यस्तै, पालिकाले यो आर्थिक बर्षमा १० किमी ५० मिटर सडक कालोपत्रे गर्ने तयारी गरेको छ । पालिको अर्जुनचौपारी पहुँच मार्गका तीन किमी एकसय मिटर लम्साल–हेजेल निर्माण सेवा जेभीले निर्माण गर्नेछ ।

निर्माण कम्पनीले दुई करोड ८० लाख नौ हजार १०७ रुपियाँ १९ पैसामा आगामी डेढ मसान्तसम्म काम सक्नेगरी सम्झौता गरेको पालिका सबइन्जिनियर सन्दिप बोगटीले बताउनुभयो ।

यस्तै, पर्वत सडकको वडा –३ को सिरिण्डाडाँबाट वडा –४ को कार्यालय रापाकोटसम्मको तीन किमी ७५० मिटर खण्ड कालोपत्रे गर्नेगरी बुद्ध निर्माण सेवा कुस्मा पर्वतले सम्झौता गरेको छ । निर्माण कम्पनीले आगामी पुस मसान्नसम्म काम सक्नेगरी चार करोड ४२ लाख ३३ हजार ६४२ रुपियाँ ०८ पैसामा सम्झौता गरेको छ ।

यस्तै, लामडाँडा सडक खण्डको वडा २ सम्म एक किमी ७९० मिटर शुभ शुभम कन्ट्रक्सन वालिङले कालोपत्रे गर्नेछ । शुभ शुभम कन्स्ट्रक्सनले एक करोड ३४ लाख १९ हजार ६८१ रुपियाँ ०३ पैसामा आगामी जेठ मसान्ससम्म सक्ने गरेर सम्झौता गरेको छ ।

सोहीअनुसार अर्जुन चौपारी–दरौ सडकको वडा –६ कार्याय पुग्ने गरेर १ किमी ४१० मिटर कालोपत्रे शुभ शुभम कन्ट्रक्सनले गर्ने बोगटीले बताउनुभयो । शुभ शुभमले १ करोड ३८ लाख ५१ हजार ७४५ रुपियाँ १५ पैसामा आगामी जेठ मसान्तसम्म सक्नेगरी सम्झौता गरेको छ ।

पालिकाका अध्यक्ष प्रकाश तिवारी विगतमा धुलेबाटो रहेको पालिकामा पछिल्लो समय कालोपत्रे भइरहेको बताउनुभयो । यहाँ बोटानिकल पार्क, नवग्रह मन्दिर तथा साना सडकको स्तरोन्नति पनि भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर