Aamsanchar

प्राधिकरणले फेरि निकाल्याे १५ दिन भित्र लाईन काट्ने सुचना

Author Image
बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत आपूर्ति लिएका उपभोक्तालाई १५ दिनभित्र बक्यौता नतिरे लाइन काट्ने जानकारी गराएको छ। बिहीबार प्राधिकरणले एक सूचना जारी गर्दै डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत आपूर्ति लिएका उपभोक्तालाई १५ दिनभित्र बक्यौता तिर्न आउन आग्रह गरेको हो।

कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले २४ घण्टामा काटिएको लाइन जोड्न, टीओडी मिटरको आधारमा १५ दिनमा बक्यौता उठाउने र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

प्रचण्ड सरकारले गठन गरेको पूर्वन्यायाधीश गिरिशचन्द्र लाल आयोगको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवाद समाधानसम्बन्धी प्रतिवेदनलाई लाल आयोग प्रतिवदेन भनिएको छ। सरकारको निर्णय कार्यान्वयन गर्दै प्राधिकरण सञ्चालक समितिले मंगलबार लाइन जोड्ने र १५ दिनमा बक्यौता उठाउने निर्णय गरेको थियो।

टाइम अफ डे ९टीओडी० मिटरको आधारमा डेडिकेटेड र ट्रंकलाइनको छुट बिलको १५ दिनभित्र बक्यौता उठाउन मन्त्रिपरिषद्ले निर्णय गरे पनि प्राधिकरणले भने पुरानै बिल सहि भएको दाबी गर्दै प्राधिकरणले पत्र पठाएको छ।

टीओडी मिटरको आधारमा विद्युत महसुल उठाउने सरकारको निर्णयलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौती दिए थिए। घिसिङले बुधबार पत्रकार सम्मेलनमा १५ दिनभित्र डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता नतिर्ने उद्योगको लाइन पुनः काटिने बताएका थिए। मन्त्रिपरिषद्को निर्णयअनुसार काटिएका लाइन जोडिए पनि बक्यौता तिर्न १५ दिनको समय दिइएको घिसिङले बताएका थिए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर