

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिई स्वदेश फर्किएका छन्। उनी कतारको राजधानी दोहा हुँदै शुक्रबार काठमाडौं आइपुगेका हुन्। राष्ट्रपति पौडेल यही कात्तिक २५ गते उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजान प्रस्थान गरेका थिए।
Views: 83

