Aamsanchar

कर्नाटकविरुद्धकोे दोस्रो अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली टोली विजयी

Author Image
शुक्रवार, कार्तिक ३०, २०८१

काठमाडौँ – कर्नाटकविरुद्धकोे दोस्रो एकदिवसीय अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली टोली विजयी भएको छ। आज भएको खेलमा कर्नाटकलाई ७ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।

पहिले ब्याटिङ गर्दै जितका लागि कर्नाटकले दिएको १२२ रनको लक्ष्य नेपालले २५ ओभरमा ३ विकेटमात्र गुमाएर सहजै भेट्टायो।

नेपालको जितमा आकाश त्रिपाठीले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५२ रनको योगदान गरे भने ​मयन यादवले ३२ रन र नरेन भट्टले १४ रन बनाए।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको पाहुना टोली कर्नाटकले ३८ ओभर १ बलमा सबै विकेट गुमाउँदै १२१ रनमात्र बनाउन सक्यो।

कर्नाटकका रिषभले ४० रन तथा ओपनर प्रतीकले ३७ रन बनाए पनि अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जितसंगै ५ खेलको श्रृखंलामा नेपालले १–१ को बराबरी गरेको छ। पहिलो खेलमा कर्नाटक १ विकेटले विजयी भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर