Aamsanchar

नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

Author Image
शनिवार, मंसिर १, २०८१

काठमाडौं : फिफा विन्डोअन्तर्गत त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा नेपालले शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। खेल ताजकिस्तानको सेन्टर स्टेडियम डुसान्बेमा राति पौने ९ बजे शुरु हुनेछ।

फिफा वरीयतामा नेपालभन्दा २५ स्थान माथि रहेको अफगानिस्तानसँग नेपालले ११ वर्षपछि खेल्न लागेको हो । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भएको थियो । जसमा अफगानिस्तानले १-० गोलको जित निकालेको थियो ।

सन् २००६ देखि नेपाल र अफगानिस्तानबीच ६ खेलमा प्रतिस्पर्धा भएको छ, जसमध्ये नेपालले ३ खेल जित्दा अफगानिस्तानले २ खेल जितेको छ। एक खेल बराबरीमा टुंगिएको छ। शनिबार हुने अफगानिस्तान विरुद्धको खेलमा नेपाल किरण चेम्जोङको कप्तानीमा मैदान उत्रिनेछ।

त्रिदेशीय मैत्रीपूर्ण खेलको पहिलो स्पर्धामा नेपाल बुधबार घरेलु टोली ताजकिस्तानसँग ४-० गोलले पराजित भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर