Aamsanchar

पाकिस्तानमा स्वास्थ्य संकटकाल घोषणा, ३ दिन लकडाउन

Author Image
शनिवार, मंसिर १, २०८१

स्लामावाद – पाकिस्तानको पञ्जाब सरकारले लाहोर र मुल्तानमा स्वास्थ्य संकटकाल लगाएको छ। विद्यालयहरू बन्द गर्न आदेश दिएको छ। यसका साथै रेस्टुरेन्ट, पसल, बजार र सपिङ मल बेलुका ८ बजेसम्म बन्द हुनेछन् ।

पाकिस्तानको पञ्जाब प्रान्त आजकल वायु प्रदूषणबाट ग्रस्त छ। लगातार बढ्दो एयर क्वालिटी इन्डेक्स (एक्यूआई) लाई ध्यानमा राख्दै, पञ्जाब सरकारले लाहोर र मुल्तान जस्ता धुवाँ प्रभावित शहरहरूमा स्वास्थ्य आपतकाल लगाएको छ। प्रदूषण नियन्त्रणका लागि अन्य धेरै ठूला निर्णयहरू भएका छन्।

पञ्जाब सरकारका वरिष्ठ मन्त्री मरियम औरंगजेबले शुक्रबार (१५ नोभेम्बर २०२४)लाहोरमा यस समस्याबारे मिडियासँग कुरा गरेकी थिइन्। उनले धुवाँको समस्याले गर्दा स्वास्थ्य संकट उत्पन्न भएको बताइन्।

 

पाकिस्तानको पञ्जाब प्रान्तको सरकारको १० वर्षे जलवायु परिवर्तन नीति पनि घोषणा गरेको छ। यसमा बाढी, प्राकृतिक प्रकोप, पुनर्स्थापना जस्ता समस्याहरू समावेश छन्।

एक्यूआई दुई पटक २ हजारभन्दा माथि

पाकिस्तानी टिभी च्यानल जियो न्यूजको रिपोर्ट अनुसार पञ्जाबको राजधानी लाहोर र मुल्तानमा अवस्था सबैभन्दा खराब छ । यहाँको एक्यूआई दुई पटक २ हजार नाघेको छ । कमजोर एक्यूआई को सन्दर्भमा लाहोर संसारको सबैभन्दा प्रदूषित शहरमा पर्छ।

तीन दिन लकडाउन

मुल्तान र लाहोरमा हप्ताको तीन दिन ( शुक्रवार, शनिबार र आइतवार पूर्ण रूपमा लकडाउन हुने जनाइएको छ। यति मात्र होइन एक सातासम्म निर्माण कार्यमा रोक लगाइएको छ ।

सावधानीको रूपमा पञ्जाब सरकारले लाहोर र मुल्तानमा स्वास्थ्य आपतकाल लगाएको छ । स्कूलहरू बन्द गर्न आदेश दिएको छ। यसका साथै मुल्तान र लाहोरमा रेस्टुरेन्ट, पसल, बजार र सपिङ मल बेलुका ८ बजेसम्म बन्द गर्न निर्देशन दिइएको छ । रिपोर्टका अनुसार लाहोर र मुल्तानका रेष्टुरेन्टहरूले हाल बेलुका ४ बजेसम्म मात्र सेवा दिनेछन्। यद्यपि, टेकअवे सेवा बेलुका ८ बजेसम्म जारी रहनेछ ।

अहिलेको एक्यूआई रेट हेर्ने हो भने सबैभन्दा प्रदूषित सहर भारतको दिल्ली रहेको छ। हाल दिल्लीको एक्यूआई ८३६ छ। त्यस्तै दोस्रोमा पाकिस्तानको लाहोर सहर रहेको छ। लाहोरको एक्यूआई यो समाचार तयार पार्दा ७२२ रहेको छ। तेस्रो प्रदूषित सहर बंगलादेशको ढाका बनेको छ। ढाकाको एक्यूआई हाल २६८ रहेको छ।

नेपालमा पनि पछिल्लो समय वायु प्रदूषण दिनानुदिन बढ्दो छ। एक्यूआई र्याङ्कमा नेपाल अहिले १४औं स्थानमा रहेको छ। हाल नेपालको एक्यूआई १५३ रहेको छ।

एक्यूआई इन्डक्समा ५० सम्म एक्यूआई भएकोलाई राम्रो वा गुणस्तरीय वायु मानिन्छ। त्यस्तै ५०-१०० सम्मलाई मध्यम स्तरको हावा मानिन्छ। साथै १००-१५० सम्म बिरामी मानिसका लागि हानिकारक मानिन्छ, १५०-२०० सम्मको लाई अस्वस्थकर हावा मानिन्छ।
त्यस्तै २००-३०० सम्म एक्यूआई भएकोलाई धेरै खराबमा राखिएको छ। ३०० भन्दा बढी एक्यूआई भएकोलाई स्वास्थ्यको हिसावले अति खतराको तह मानिन्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर