Aamsanchar

राम र सीताको विवाहमा पाँच सय जन्तीलाई निमन्त्रणा

Author Image
शनिवार, मंसिर १, २०८१

धनुषा – विवाहपञ्चमीमा आउने जन्तीलाई निमन्त्रणापत्र दिन विश्व हिन्दुपरिषदका पदाधिकारीहरु अयोध्या गएका छन् । उनीहरु तिलक र आमन्त्रण पत्रसहित अयोध्या गएका हुन् । राम र सीताको विवाहमा पाँच सय जन्तीलाई निमन्त्रणा दिन गएको टोलीलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाई गर्नुभयो ।

मुख्यमन्त्री सिंह पनि भोलि वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ । तिलक लिएर जाने समूह भोलि नै अयोध्या पुग्ने र पर्सि ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रत्येक पाँच वर्षमा अयोध्याबाट आउने जन्तीका लागि मधेस प्रदेश सरकारले व्यवस्थापन गर्दै आएको छ । यो त्रेता युगदेखि कायम सम्बन्ध भएकोले यसलाई निरन्तरता दिनुपर्ने मुख्यमन्त्री सिंहले बताउनुभयो ।

धार्मिक पर्यटकका लागि पनि यो महत्तवपूर्ण बन्ने उहाँले बताउनुभयो । त्यस्तै जानकी मन्दिरका महन्त रामतपेश्वर दासले नेपाल र भारतबीचको प्राचिन सम्बन्ध रहेको र यो सम्बन्ध कहिल्यै कमजोर हुनु नहुने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर