![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/11/mausam-template_3-6-8.jpg)
काठमाण्डौ – आज देशका धेरैजसो ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडी क्षेत्रको एकरदुई ठाउँमा बदली र सामान्य बर्षाको सम्भावना रहेपनि सबैजसो ठाउँमा मौसम सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
अहिले तराईका केही ठाउँमा हुस्सु लागेको छ । दिउँसो हुस्सु हट्नेछ । आज पनि काठमाण्डौ उपत्यकासहित विभिन्न शहर र तराई क्षेत्रमा वायु प्रदुषण उच्च छ । बिहान चितवनको भरतपुरमा हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५५ रहेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
यस्तै काठमाण्डौको रत्नपार्क, खुमलटार, भक्तपुरलगायतका ठाउँमा रहेका मापन केन्द्रहरुले पनि एक्यूआई एक सय ५० आसपासमा रहेको देखाएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक्यूआई एक सय ५० भन्दा बढी हुनुलाई अस्वस्थ मानिन्छ । भारत, पाकिस्तानलगायतका देशको प्रदुषित हावा नेपाल आइपुग्दा र त्यसमा स्थानीय उत्पादनसमेत थपिएकोले नेपालमा वायु प्रदुषण बढेको विज्ञहरु बताउँछन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)