Aamsanchar

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा दोस्रोपटक आक्रमण

Author Image
आइतवार, मंसिर २, २०८१

काठमाडौं –इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा दोस्रोपटक आक्रमण भएको छ ।

टाइम्स अफ इजरायलका अनुसार नेतान्याहूको घरलाई  गर्दै आगोको गोला प्रहार भएको हो । उक्त गोला नेतान्याहूको घरको आँगनमा खसेको छ ।

त्यहाँको प्रहरीले घटनाको पुष्टि गरेको छ । आक्रमण कसले गरेको हो भन्ने अहिलेसम्म खुलेको छैन । इजरायली सुरक्षा एजेन्सी शिन बेटका अनुसार घटनाबाट कुनै नोक्सानी पुगेको जानकारी प्राप्त भएको छैन ।

हमलाको बेलामा घरमा नेतान्याहू र उनको परिवार थिएन ।
यसअघि १९ अक्टोबरमा नेतान्याहूको घरमा हिजबुल्लाहले आक्रमण गरेको थियो । त्यतिबेला एक ड्रोन नेतान्याहूको घर नजिकै खसेको थियो । उक्त हमलामा पनि कोही हताहत नभए पनि नेतान्याहू र उनकी पत्नी सारा घरमै थिए ।

इजरायलका सबै राजनीतिक दलहरूले घटनाको निन्दा गरेको टाइम्स अफ इजरायलले जनाएको छ । विपक्षी नेताहरू यायर ल्यापिड र बेनी गेंट्जले दोषीमाथि कारबाहीको माग गरेका छन् ।
इजरायली रक्षा मन्त्री काट्जले सामाजिक सञ्जालमा आक्रमणकारीले हद पार गरेको भन्दै सुरक्षा निकायहरूलाई तत्काल अनुसन्धान अगाडि बढाउन निर्देशन दिएका छन् ।

यरुशलम पोस्टका अनुसार इजरायलमा लामो दूरीका मिसाइल हमला निष्क्रिय बनाउन सफलता मिले पनि छोटो दूरीका आक्रमणहरू पक्रन भने त्यहाँको सुरक्षा प्रणाली सफल देखिएको छैन ।
पछिल्लोपटक नेतान्याहूको घरमा ड्रोन हमला हुँदा त्यसलाई असफल बनाउन चार लडाकु विमान र एक मिसाइल नै छाड्नुपरेको थियो ।

ड्रोन निकै कम उचाइमा उड्ने भएकोले यसलाई आक्रमण गर्दा थप क्षति हुने जोखिम हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर