काठमाडौँ –नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः सीताराम न्यौपाने निर्वाचित भएका छन् । महासंघको दसौं र एघारौं वार्षिक साधारणसभाले न्यौपानेलाई पुनः निर्विरोध निर्वाचित गरेको हो । न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।
सभाबाट तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहितबहादुर कार्की, मधेश प्रदेशबाट रामनारायणप्रसाद यादव, वाग्मतीबाट देवराज लुइँटेल, गण्डकीबाट लीलाधर बराल र लुम्बिनीबाट मीनबहादुर शाही निर्वाचित भएको महासंघले जनाएको छ । यसैगरी महासचिवमा देवराज तामाङ निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 69