Aamsanchar

काठमाडौँ जिल्ला अदालतद्वारा पूर्वगृहमन्त्री रवि र पूर्व डिआइजी छविविरुद्ध पक्राउ पुर्जी जारी

Author Image
आइतवार, मंसिर २, २०८१

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा लामिछाने र जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज पक्राउ पुर्जी जारी गरेका हुन्।

अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले रवि लामिछाने र छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए। अब जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछाने र जोशीलाई काठमाडौँमा झिकाएर अनुसन्धान गर्नेछ।

सहकारी ठगी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछाने र जोशीलाई काठमाडौँ ल्याइने भएको हो।

यसअघि लामिछानेलाई कास्कीबाट रूपन्देही झिकाएर बयान लिइएको थियो। सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर