Aamsanchar

इटहरीमा बसको ठक्करबाट १४ वर्षीया सम्झना यादवको मृ*त्यु भएपछि खनारमा रातभरि तनावग्रस्त

Author Image
सोमवार, मंसिर ३, २०८१

धरान – इटहरी उपमहानगरपालिका-१० रिलाईन्स अगाडि बसको ठक्करबाट १४ वर्षीया सम्झना यादवको मृत्यु भएपछि स्थानीय आक्रोसित बनेका छन् । उनको मृत्यु भएपछि आगजनीमा उत्रिएका स्थानीयलाई रोक्न पुगेका सुनसरी प्रहरी प्रमुखसहित १० प्रहरी घाइते भएका छन् ।

आइतबार साँझ ईटहरीबाट दुहबीतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०१-००१ख ४५७४को बसले जनता स्कुलमा कक्षा-९ मा अध्यनरत यादवलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो। त्यसपश्चात ६०० जनाभन्दा बढी स्थानीय विरोधमा उत्रिएका थिए । आन्दोलनरत स्थानीयलाई नियन्त्रण गर्न आइतबार राति पुगेका सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिना, डीएसपी रामप्रसाद तिमल्सिना, इटहरीका डीएसपी लक्ष्मी भण्डारी लगायतका १० प्रहरी घाइते भएका छन् । घटनापश्चात स्थानीयले दुर्घटना भएको बस आगो लगाएका छन् ।

स्थानीयको भीडले प्रहरीमाथि ढुंगामुडा गर्नुका साथै आगो निभाउन गएको रामधुनि न.पा.को दमकलको सिसा फुटाएका छन् अन्य सवारीसाधनमा पनि ढुंगामुढा गरेपछि हिजो रातिदेखि खनार क्षेत्र तनाव ग्रस्त बनेको छ ।

भीड नियन्त्रण गर्नका लागि प्रहरीले लाठी चार्ज,अश्रु ग्यास र हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए। शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि कोशि हस्पिटल विराटनगर पठाएको उनले बताए ।

बसका चालक बिराटनगर-१३ बस्ने २७ वर्षीय अमित श्रेष्ठलाई नियन्त्रणमा लिएर इप्रका ईटहरीमा राखिएको छ । स्थानीय फेरि आन्दोलनमा उत्रन सक्ने भन्दै खनार क्षेत्रमा सोमबार बिहानै प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर