Aamsanchar

लामो दूरीका मिसाइल प्रयोग गर्न युक्रेनलाई बाइडेनकाे अनुमति

Author Image
सोमवार, मंसिर ३, २०८१

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई रूसमाथि आक्रमण गर्न अमेरिकाबाट प्राप्त लामो दूरीका मिसाइल प्रयोग गर्न अनुमति दिएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्की अमेरिकाले दिएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम ‘एटीएसीएमएस’ युक्रेनबाहिर प्रयोग गर्न अनुमति माग्दै आएका थिए। त्यसैअनुसार अमेरिकी राष्ट्रपति बाइडेनले अनुमति दिएको बीबीसीले जनाएको छ। अमेरिकाले आफ्ना मिसाइल प्रहारको अनुमति दिएसँगै क्रेमलिनले यसलाई गम्भीरताका साथ लिएको प्रतिक्रिया दिएको छ।

यसअघि युक्रेन युद्धमा नेटो सेनाको संलग्नता रहेको दाबी गर्दै आएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भने कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।

युक्रेनी सुरक्षा तथा सहयोग केन्द्रका अध्यक्ष सेरही कुजानले अमेरिकी अनुमतिपछि युद्धको दिशा परिवर्तन नभए पनि यसले आफ्नो सेनालाई सशक्त बनाउने विश्वास लिएका छन्। अमेरिकाले दिएको एटीएसीएमएस मिसाइलले ३०० किमिसम्मको दूरीमा आक्रमण गर्न सक्छ।

यसैबीच, बेलायत र फ्रान्सले पनि युक्रेनलाई आफूहरूले दिएको स्ट्रोम स्याडो मिसाइल रुसमा प्रहारका लागि अनुमति दिने अनुमान गरिएको छ। हिजो रुसले युक्रेनमा २ हजारभन्दा बढी ड्रोन आक्रमण गरेको थियो। १० जनाको मृत्यु भएको छ।

Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर