Aamsanchar

काठमाडौँतर्फ जाँदै गरेको ग्यास बुलेटको ठक्करबाट एक महिलाको ज्यान गयाे

Author Image
सोमवार, मंसिर ३, २०८१

चितवन-पृथ्वी राजमार्ग हुँदै काठमाडौँतर्फ जाँदै गरेको ग्यास बुलेटको ठक्करबाट सोमबार एक महिलाको मृत्यु भएको छ ।

चितवन प्रहरीले दिएको जानकारी अनुसार पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा सोमबार १२ः३० बजेको समयमा भारतीय नम्बर प्लेट (एनएल ०१ एन ०२८०) को बुलेटको ठक्करबाट पैदल यात्रु महिलाको मृत्यु भएको हो ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार भारतबाट बनेपा जाने क्रममा रहेको ग्यास बुलेटको ठक्करबाट ती महिलाको घटनास्थलमै मृत्यु भएको हो । अन्दाजी ५५ देखि ६० वर्ष उमेरकी ती महिलाको परिचय अझै खुलेको छैन ।

दुर्घटनापछि स्थानीय बासिन्दाले सडक केही समय अवरुद्ध पारेका थिए । उनीहरूकै सहयोगबाट प्रहरीले बुलेट चालकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको नियन्त्रणमा रहेका बुलेट चालक भारतको बिहार प्रदेश बेगुसराय पपरोर मन्सिपालिर ८ निवासी ६२ वर्षका मोहम्मद मतिनलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर