उर्लाबारी – मोरङको कानेपोखरी–रङ्गेली सडकको दलेली बजारमा सोमबार टिपरको ठक्करबाट गम्भीर घाइते हुनुभएका रमेश दाहालको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार कानेपोखरी –२ दलेली बजारका ३५ वर्षीय रमेशको उपचारका क्रममा बिहान ८ः२० मा मृत्यु भएको हो ।
दाहालको झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको थियो । दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मोतीदान कन्ट्रक्सन प्रालिको बा.प्र ०३–००१क –०२७४ नम्बरको टिपरले साेमबार बिहान साढे ८ बजेतिर दाहाललाई ठक्कर दिएको थियो । सडकमा हिँडिरहेका दाहाल फरक क्षमताका व्यक्ति हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
1
Views: 38