काठमाडौं – जिल्ला अदालत काठमाडौंले मानव तस्करीमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारीसहितलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
यसअघिको म्याद सकिएर मंगलबार उनलाई थप अनुसन्धान आवश्यक रहेको भन्दै अदालतमा पेस गरेको थियो । मन्त्री पदको दुरुपयोग गर्दै अवैध रूपमा मानिसहरू जापान लगेको आरोपमा उनी विराटनगरबाट पक्राउ परेका थिए ।
अवैधरूपमा जापान पठाएर मानव तस्करी गरेको आरोपमा अधिकारीसहित ९ जनामाथि काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 73