

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन मंगलबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो।

यसैगरी आज चाँदीको मूल्य तोलामा १ हजार ९५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँ कायम थियो
Views: 88

