Aamsanchar

पश्चिम बङ्गालमा चट्याङ लागेर ११ जनाको ज्यान गयोे

Author Image
बुधवार, मंसिर ५, २०८१

भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । चट्याङ लागेर अरू धेरै मानिस घाइते भएका छन् । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चट्याङ लागेर ज्यान गुमाउने ११ जनामध्ये तीन नाबालिग र दुई जना युवासमेत रहेका माल्दाका जिल्ला अधिकारी नितिन सिंघानियाले बताउनुभएको छ । उहाँले पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताउनुभएको खबरमा उल्लेख छ । जिल्ला प्रशासनले पनि उनीहरूलाई सहयोग गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर