Aamsanchar

सत्तारुढ एमालेसहित विभिन्न समूहको प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

Author Image
शुक्रवार, मंसिर ७, २०८१

काठमाण्डौ – विभिन्न समूहको प्रदर्शनका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । सत्तारुढ नेकपा (एमाले) ले दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ । यस्तै सहकारी पीडितले माइतीघर मण्डलामा र दुर्गा प्रसाईं पक्षले कोटेश्वरमा प्रदर्शन गरेकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको हो । ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा डाइभर्सन बिन्दु राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

दरबारमार्गमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन गर्ने कार्यक्रम भएकाले त्यस क्षेत्रमा प्रवेश गर्न खोज्ने गाडीलाई केशरमहल, महेन्द्र सालिक र जयनेपाल चोकबाट डाइभर्सन गरिएको छ ।

दरबारमार्ग क्षेत्रमा गाडी प्रवेश गर्न दिइएको छैन । ट्राफिक प्रहरीले माइतीघर र कोटेश्वरमा गाडी नरोक्ने योजना बनाए पनि ती ठाउँमा बिहानैदेखि गाडीको चाप छ ।

एमालेले दरबारमार्गमा जागरण सभामार्फत ‘शक्ति प्रदर्शन’ गर्न लागेको हो । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निराशा छर्न खोजेकोले सुशासन, देशको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।

‘देश बन्दै छ, हामी बनाउँछौँ’ भन्ने सन्देश नागरिकलाई दिनुपर्ने सरकारमा हुने दलहरूको जिम्मेवारी भएको एमाले नेताहरुको भनाइ छ । एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर