Aamsanchar

महसुल नतिर्ने झण्डै छ सय ग्राहकको विद्युत लाइन काट्ने तयारी

Author Image
शुक्रवार, मंसिर ७, २०८१

बैतडी – नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने झण्डै छ सय ग्राहकको विद्युत लाइन काट्ने भएको छ । विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ग्राहकबाट ८० लाख रुपैयाँभन्दा धेरै बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत महसुलबापतको ८० लाख ९९ हजार तीन सय ६२ रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका पाँच सय ७९ ग्राहकबाट रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताउनुभयो ।

८४ वटा सरकारी कार्यालयबाट १७ लाख १९ हजार दुई सय ३५ रुपैयाँ बक्यौता उठाउन बाँकी छ । तीमध्ये ५९ वटा सदरमुकामका कार्यालय र २५ वटा पाटन क्षेत्रका कार्यालय छन् ।

यस्तै अन्य चार सय ९५ ग्राहकबाट ६३ लाख ८० हजार एक सय २६ रुपैयाँ उठाउन बाँकी रहेको प्रमुख पौडेलले बताउनुभयो । समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कार्य शुरु भइसकेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर